सरकारले रेल, पानीजहाज ल्याउँछ-ल्याउँछ : प्रधानमन्त्री

नेपालखोज २०७८ वैशाख १ गते ८:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल, पानीजहाज, ग्यास पाइपलगायत काम सरकारले निर्माण गरिछाड्ने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ का अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले धरहरा र रानीपाेखरी पनि सरकारले बनाइसकेकाले अरू विकासका काम पनि छिटै गर्ने दाबीसमेत गरे ।

सम्बोधनमा उनले समसामयिक राजनीतिक घटनाक्रम, देशको परिस्थिति र सरकारी कामका उपलब्धिलाई पनि समावेश गरिरहेका छन् ।

प्रतिक्रिया