बुधबार, वैशाख १७, २०८२

भारत र चीनबीच पुनः लद्दाखलाई लिएर तनाव

नेपालखोज २०७८ वैशाख २ गते १६:४३

एजेन्सी। भारत र चीनबीच फेरि शीतयुद्ध सुरु भएको छ । लद्दाखको केही भूभागलाई लिएर दुवै मुलुकले दाबी गरिरहेका छन् ।

भारतको कुरालाई मान्ने हो भने लद्दाखको गोगरा हर्ट स्प्रिङ्ग क्षेत्रमा चीन सन् २०२२ अप्रिलभन्दा पहिलाको अवस्थामा फर्कन मानेको छैन ।

सो क्षेत्र छोड्न चीनले नमानेपछि चीन र भारतबीच फेरि तनाब बढेको हो ।

केही महिनाअघि भारत र चीनले उक्त क्षेत्रबाट आफ्ना सैनिक हटाउन सहमती समेत गरेका थिए ।

पछिल्ला बैठकहरूमा चीनले गोगरा हर्ट स्प्रिङ्ग क्षेत्रबाट पछि नहट्ने बताएपछि तनाबको अवस्था सिर्जना भएको भारतीय समाचारहरुमा बताइएको छ ।

गत साता दुवै देशका उच्च सैनिक अधिकारीबीच १३ घण्टा लामो बैठक बसे पनि यो अवस्था हटेको छैन ।

समस्या समाधान नभएपछि भारत र चीनबीच पुनः लद्दाखलाई लिएर तनाब बढेको हो ।

प्रतिक्रिया