शुक्रबार, वैशाख १४, २०८१

रूरूको आईपीओ ४४ जनामध्ये एकलाई १० कित्ता पक्का !

नेपालखोज २०७८ वैशाख २ गते १७:२५

काठमाडौं । रुरु जलविद्युत् परियोजनाको प्रारम्भिक सार्वजिनक निष्कासन (आईपीओ) बाँडफाँड भोलि (शुक्रबार) हुँदै छ । परेको आवेदनका आधारमा कम्पनीको आईपीओ ४४ जनामध्ये १ जनाले १० कित्ताका दरले पाउनेछन् ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म सर्वसाधारणका लागि १२० रुपैयाँका दरले चार लाख सात हजार सात सय ६ कित्ता सेयर निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात् आठ हजार एक सय ५४ कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी तीन लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको हो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख ६९ हजारभन्दा बढी आवेदकले २ करोड ३३ लाख ७७ हजार कित्ताका लागि आवेदन परेको छ । माग भएको सेयर निष्कासन गरिएको भन्दा ६१.६ गुणा बढी हो ।

गोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी सातजनाले थप १/१ गरी ११-११ कित्ता पाउनेछन् । रुरुले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकेको छ ।

प्रतिक्रिया