नेपालमा कोरोना ग्राफ उकालो : एकैदिन थपिए ९ सय संक्रमित

नेपालखोज २०७८ वैशाख ३ गते १७:१४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरबाट ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज ९ सयमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया