बालुवाटारमा सर्वदलीय बैठक, समसामयिक विषयमा दलहरुको धारणा बुझ्दै ओली

नेपालखोज २०७८ वैशाख ४ गते ७:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक बोलाइएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको बताए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिए ।

पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरेको र नेकपा (माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने तयारी गरेको भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफंैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेका थिए ।

प्रतिक्रिया