बिहीबार, वैशाख १३, २०८१

त्रिकोणात्मक सिरिज : नेदरल्यान्डस्‌विरुद्धको खेलमा नेपालको सानदार जित (फोटो फिचर)

नेपालखोज २०७८ वैशाख ४ गते २१:०२

काठमाडौं । कुशल भुर्तेल र आशिफ शेखको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले आजबाट सुरु भएको त्रिकोणात्मक शृखंलामा नेदरल्यान्ड्समाथि ९ विकेट जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले व्यक्तिगत अर्धसतकीय इनिङ खेल्दा नेपालले घरेलु मैदानमा विजयी सुरुआत गरेको हो । नेपालले १५ ओभरमा प्रस्तुत लक्ष्य मात्र एक विकेटको क्षतिमा भेटउन सफल भएको हो ।

प्रतिक्रिया