शनिबार, असार २१, २०८२

नेपाल-कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा मालाकार सर्वसम्मत चयन

नेपालखोज २०७८ वैशाख ५ गते २२:०१

काठमाडौं । सुरेन्द्रवीर मालाकारको अध्यक्षतामा नेपाल-कुवेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार भएको अधिवेशनले उनीसहित १२ जना पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ, उपाध्यक्षहरूमा मिनबहादुर गुरुङ्ग , सकुन्तलाल हिराचन , कुशप्रसाद मल्ली छन् । महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ, सचिवमा रामबहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा रञ्जु तण्डुकार छन् भने सदस्यहरूमा उर्मिला श्रेष्ठ, नारायण देब राणा र रमेश महर्जन निर्वाचित भएका छन् ।

दुवै देशको व्यापारिक सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन, सीधा हवाई सेवा उडानमा भूमिका निर्वाह गर्न नेपाल-कुवेत उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

प्रतिक्रिया