माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७८ वैशाख ६ गते ८:३९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो एक बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणबारे बैठकमा छलफल हुने माओवादी नेताहरुले बताउँदै आएका छन् ।

आजको स्थायी समिति बैठक पछि केन्द्रीय कमिटी बैठक बस्नेछ ।

प्रतिक्रिया