माधवकुमार नेपाल भन्छन्- ओलीमा हिटलर प्रवृति छ

नेपालखोज २०७८ वैशाख ६ गते १५:५१


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् ।


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताउनुभएका हुन् ।

यस्तै प्रधानमन्त्री बनाउन जसले भर्याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्याईदिएको पनि टिप्पणी गरे । नेपालले प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाएको पनि आरोप लगाए ।

उनले आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताए । उनले भने ‘हाम्रैदेशमा कतिपयहरु छन् नजितुन्जेलसम्म ठुलाठुला कुरा गर्छन् जितेको भोलिपल्ट आफुलाई सम्राट ठान्ने गर्दछन् ।’

प्रतिक्रिया