कोरोनाकाे दाेस्रो लहर घातक कम, संक्रामक बढी

एजेन्सी । कोरोना महामारीकाे दाेस्रो लहर जुन गएकाे साल सेक्टेम्बरतिर देखा परेकाे थियाे याे पहिलाे लहरकाे तुलनामा कैयन अर्थमा अलग छ ।पहिलाे लहर संक्रामक का साथ-साथै घातक पनि थियाे तर दाेस्राे लहर संक्रामक बढी र घातक कम छ।
काेभिडकाे दाेस्रो लहरमा संक्रमितहरुकाे संख्या त तिब्र गतिमा बढ़िरहेकाे छ नै तर त्यसको अनुपातमा मृत्यु दर भने कम छ। संक्रमण बढ़े सँगै मृत्यु पनि बढछ गत साल मार्च मा याे महामारी फैलिएको बेला मृत्युदर करिब डेढ प्रतिशत भएकाे ठाउँमा अहिले संक्रमितहरुकाे मृत्युदर शून्य दशमलब ९० काे हाराहारीमा छ ।
यसबाट स्पष्ट हुन्छ काेराेनाकाे दाेस्रो लहरमा मानिसहरु बढी संक्रमित त भैरहेका छन् तर त्यसको तुलनामा मर्नेहरुको संख्या कम छ । यद्यपि संख्या कै हिसाब हेर्ने हो भने संक्रमण वृद्धि सँगै मृतकहरुकाे संख्या पनि बढने निस्चित छ, भलै अहिले मृत्यु दर कम नै किन नहाेस् । सीमित क्षेत्रमा प्रभाव गएकाे वर्षको अगस्त – सेक्तेम्बर मा देखिएकाे कोरोना संक्रमणकाे पहिलाे लहरका दाैरान ७५ प्रतिशत केश करिब सय ठाउँतिर फैलिएको पाईन्थ्यो ।
अहिले भने त्यति नै केश केवल २०-३० ठाउँमा सिमित भएकाे देखिन्छ । यसबाट स्पष्ट हुन्छ काेराेनाकाे दाेस्रो लहर सीमित क्षेत्रमा तीब्र गतिमा फैलिरहेकाे छ । अहिले बिना लक्षणका वा हल्का लक्षण देखिएका बिरामी बढी छन्। बिना लक्षणका बिरामी बढी फेला पर्ने कारण राम्रो ट्रेसिंग पनि हो ।
अहिले कुनै व्यक्ति संक्रमित भए उसका निकटस्थहरुकाे जांच पनि सक्रियतापुर्बक गरिन्छ-गराईन्छ । त्यसैले पनि संक्रमणले गंभीर रूप लिईहाल्न पाउँदैन।
खाेपको प्राथमिकता
अहिले काेभिड बिरुद्धकाे खाेपकाे प्राथमिकतामा पनि प्रश्न उठेकाे छ । कतिपयले स्कुल , ठुला पसल तथा भिडभाड हुने ठाउँका कामदारहरुलाई प्राथमिकताका अाधारमा खाेप लगाईनुपर्ने कुरा बताएका छन् ताकि मानिसहरुकाे भिडभाड हुने सार्बजनिक ठाउँहरु बढि सुरक्षित हुन सकुन् । अनि स्कुल कलेजकाे पठनपाठन पनि नियमित हाेस ।
हावामा फैलने भाईरस
कोभिडकाे रोगाणु हावामार्फत् पनि फैलने कुरा सार्बजनिक भएसँगै मास्ककाे सहि प्रयोग अनि पुरैअनुहारकाे सुरक्षाकाे कुरा पनि चिकित्सकहरुले जाेडताेडका साथ उठाईरहेका छन् । काेराेनाभाईरस नाक र मुखका अतिरिक्त अाँखाकाे माध्यमबाट पनि शरीरमा प्रवेश गर्नसक्छ त्यसैले अाँखाकाे सुरक्षा पनि आवश्यक छ । यसक्रममा बन्द ठाउँ भन्दा राम्रो हावा लाग्ने ठाउँ बढि उपयुुक्त हुने पनि बताइदैछ ।
पूर्ण लकडाउन अावस्यक छैन
अहिले देशैभर पूर्ण लकडाउन गर्ने कुरामा काेहि पनि सहमत छैनन। त्यसको साटाे प्रभावित ईलाकामा स्थानीय स्तर बाटै कडा वा हल्का प्रतिबंन्ध लगाईनुपर्ने सुझाव विज्ञहरुकाे छ । कोरोना संक्रमणकाे चेन तोड़न स्थानीय स्तरबाटै प्रभावकारि उपायहरु अपनाईनु पर्छ भन्नेकुरामा उनिहरुकाे जाेड छ।
प्रतिक्रिया