बाँकेमा एक साताका लागि लकडाउन जारी
नेपालखोज
२०७८ वैशाख ९ गते ७:१४

बाँके । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि बाँकेमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ ।
गए राति १२ बजेदेखि लागु हुनेगरी यही वैशाख १५ गतेसम्म्म नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो ।
मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाएको थियो । सोही सुझाव बमोजिम जिल्ला प्रशासन कार्यालयले लकडाउन घोषणा गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
लकडाउन अवधिमा अत्यावश्यक सेवा र सवारीबाहेक अन्य पसल व्यवसाय तथा सवारी साधन संचालनमा रोक लगाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया