शनिबार, वैशाख १३, २०८२

आईसीयूमा उपचाररत संक्रमित महिलाको मृत्यु

नेपालखोज २०७८ वैशाख ९ गते ११:२८

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा फेरि एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान ११ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गरिएको थियो ।

वैशाख ३ गते नै कोरोना सङ्क्रमण पुष्टि भएकी उनलाई सुरुमा होम क्यारेन्टिनमा राखिएको भए पनि स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अस्पतालको आइसीयूमा भर्ना गरी उपचार हुँदै आएको नारायणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए ।

यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण पर्सामा छ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया