आज विश्व पृथ्वी दिवस : ‘जलवायु परिवर्तनको असर कम आवश्यक’

काठमाडौं । आज विश्व पृथ्वी दिवस, विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो ।
पृथ्वीमाथि मानिसहरुले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । औद्योगिक विकासको अस्वस्थ होडवाजीले जल, जंगल, जमिन र जीवजन्तुलाई नकारात्मक असर पर्दै गएको छ ।
पृथ्वी दिवस मनाउने प्रयास संयुक्त राज्य अमेरिकाले सन १९७० को अप्रिल २२ मा गरेको थियो । पृथ्वी दिवस अहिले १९० भन्दा बढी देशले मनाउने गरेका छन् । यो दिवस मनाउनेमा विश्वमा औद्योगिक प्रदूषण फैलाउने अमेरिका, चीन, बेलायत, प्रान्स, जापान जस्ता देश देखि जंगल बचाएर कार्वन बेच्ने, नेपाल, भूटान जस्ता देशहरु छन् ।
सन १९९२ मा ब्राजिलको ‘रियो दि जेनेरियो’ शहरमा भएको पृथ्वी सम्मेलनले पृथ्वी दिवस मनाउने आवश्यकता औल्याएको थियो । फलस्वरुप २००९ मा राष्ट्र संघको ६३ औं महासभाले दिवस मनाउने निर्णय गर्यो । पृथ्वी दिवस २०२१ लाई विश्वले ‘पृथ्वीलाई पुनस्थापित गरौं’ भनेर मनाइरहेको छ । अहिले जमिन मरुभूमिकरण बन्दै गएको, समुद्रको सतह बढुदै गएको, हिमालको हिउँ पग्लीरहेको, आगलागि, वन विनास जस्ता घटनाले पृथ्वी संकटमा छ ।
नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदूषणको चपेटामा पर्दै गएको छ । यो वर्ष उच्च पहाड र हिमालमा पर्याप्त हिउँ परेन भने झण्डै एक हप्ता देशैभरि प्रदूषण फैलिएर जनजीवनमा असर पुर्यायो । हिमालमा हिउँ परेन भने इन्डोनेशियाको जाकर्ता र माल्दिभ्स क्रमशः डुब्दैछ । पृथ्वी बचाउन जलवायु परिवर्तनको असर कम गर्न मानिसले व्यवहार परिवर्तन गर्न आवश्यक देखिन्छ । यसको सुरुवात जंगल क्षेत्र बढाउने र दिगो विकासका लागि वैकल्पिक उपाय लिने थालनी गर्नु पर्दछ ।

प्रतिक्रिया