इलामको चिया उद्योगमा आगलागी, १० लाख बराबरको क्षति
नेपालखोज
२०७८ वैशाख ९ गते १६:४१

इलाम । आगलागीबाट १० लाख बराबरको चिया क्षति भएको छ । सूर्योदय नगरपालिका-९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी हुँदा भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको हो ।
कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया