पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको संयुक्त अपिल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरुले एमालेको एकता जोगाउन अपिल गरेका हुन् । उनीहरुले पार्टी एकता जोगाउनका लागि ‘एमालेको एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छन् ।
आफूहरुलाई एमालेमा रहन नदिने अनेक दाउपेचहरु गरिरहेकोसमेत उल्लेख गरेका छन् । अपिलमा पार्टी एकताका लागि फागुन २८ गते र तत्पश्चात् भएका बैठकका निर्णय फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ ।
यसरी अपिल गर्ने नेतामा खनाल, नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ष विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहेका छन् ।

प्रतिक्रिया