मन्त्रिपरिषद् बैठक : जसपाका मागबारे छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने

नेपालखोज २०७८ वैशाख ९ गते २१:४०

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकमा समसामयिक विषयमा छलपल भएको बताइएको छ ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) का मागका विषयमा पनि छलफल गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेलमा रहेका जसपाका नेता तथा कार्यकर्ताका मुद्दा फिर्ता लिने विषयमा निर्णय भएको एक मन्त्रीले बताए ।

सरकारले मुद्दा फिर्ता नमिल्ने भएकाले महान्यायाधिवक्तामार्फत मुद्दा फिर्ता लिने निर्णय भएको उनले बताए । सरकारले सबै कानूनी प्रक्रिया पूरा गरेपछि सहमति सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ ।

यसैगरी सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मधेश आन्दोलनबारे अध्ययन गर्न गठित पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया