नेप्से २६ सय ४८ अंकमा पुग्दा ३२ अर्ब ७९ करोडको सेयर खरिद बिक्री

काठमाडौं । सेयर बजारमा यो साता पनि निकै नै उतारचढाव देखिएको छ । गत सात २७ सय अंक टेकेको नेप्से यो साता सुरुवाती कारोबार दिनदेखि नै ओरालो लागेको थियो । सोही कारण पनि नेप्से यो साता २६ सय ४८ अंकमा सिमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ४ सय ७६ दशमलव ६० अंकमा सिमित हुन पुगेको छ ।
५ कार्य दिन नेप्से खुल्ला रहेको भएपनि तीन कार्यदिन अर्थात पहिलो, दोस्रो र चौथो कार्य दिने नेप्से उच्च अंकले घटेको छ भने बाँकी दुई कार्यदिन नेप्से सामान्य अंकले बढेको छ । सोही आधारमा पनि यो साता नेप्से लगानीकर्ताहरुको लागि खासै सुखद देखिएन । यो साता २ सय १६ वटा कम्पनीहरुको ३ लाख ७४ हजार ५ सय ३१ पटकको कारोबारमा ७ करोड २९ लाख १८ हजार ९ सय ६६ कित्ता सेयर किनबेच भएकाछन । जसका आधारमा कुल कारोबार रकम ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार १ सय ७० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ९ अर्ब रुपैयाँले बढी हो ।
गत साता भने नेप्सेमा कुुल २ सय १८ वटा कम्पनीहरुको २ लाख ५२ हजार ७ सय ९० पटकको कारोबार भएका थिए । जसअनुसार ४ करोड ७५ लाख ३३ हजार ७ सय ४४ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम २३ अर्ब ३९ करोड ६ लाख ४७ हजार ७ सय ९ रुपैयाँ पुुगेको थियो । यो साता सुरुवाती कारोबार दिन अर्थात आईतबार ३५ दशमलव ८९ अंकले घटेर २६ सय ९९ दशमलव ५१ अंकमा सिमित हुुन पुुगेको नेप्से अन्तिम कारोबार दिन भने १५ दशमलव ८ अंकले बढेपछि २ हजार ६ सय अंकमा पुुग्न सफल भएको थियो ।
त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सुरुवाती कारोवार दिन ६ दशमलव २९ अंकले घटेर ७ सय ८६ दशमलव १६ अंकमा सिमित हुन पुगेकोमा अन्तिम कारोबार दिन ३ दशमलव २१ अंकले बढेपनि ७ सय ७६ दशमलव ६० अंकमा पुग्न सफल भएको थियो । यो साता एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैक, एनससीसी बैंक आदिको बढी रकम कारोवार भएकाछन भने एनसीसी बैंक, हिमाल दोलखा हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकलगायतका कम्पनीहरुको बढी संख्यामा सेयर किनबेच भएकाछन ।
बजार पुंजीकरणका आधारमा आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक अगाडि परेकाछन । सेयर सुचीकरण तर्फ भने यो साता नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा बिकास बैंक, नागरिक लगानी कोष, साना किसान लघुबित्त बित्तीय संस्था सहितका ८ वटा कम्पनीहरुको बोनस एवं हकप्रद सेयर सुचीकृत भएकाछन ।
प्रतिक्रिया