कोरोना सङ्क्रमणकैबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैलाई अनुमति
नेपालखोज
२०७८ वैशाख १० गते १९:०६

काठमाडौं । कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै बीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए । अनुमति लिनेमध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।
सगरमाथा आरोहीबाट यस वर्ष सरकारले ४७ करोड ७७ लाख भन्दा धेरै रोयल्टी संकलन गरेको छ । नेपालका अरु हिमाल आरोहणका लागि पनि उल्लेख्य आरोहीले अनुमति लिएका छन् । अहिलेसम्म १६ वटा हिमालका लागि ७९ समूहका ६ सय ८९ जनाले आरोहण अनुमति लिएका छन् ।

सम्बन्धित

प्रतिक्रिया