जनमतको अपमान गर्ने काम निन्दनीय : शेखर कोइराला

नेपालखोज २०७८ वैशाख ११ गते १०:१३

काठमाडौं ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनमतको अपमान गर्ने काम निन्दनीय भएकाे बताएका छन् । उनले सरकारलाई जनतामाथि बफादार बन्न पनि आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा सामाजिक संजाल मार्फत् शुभकामना दिँदै कोइरालले यस्ताे बताएका हुन् । उनले समाजिक सञ्जालमा लोकतन्त्रका उपलब्धि, जनमतको अपमान  र नागरिक स्वतन्त्रतामाथि अंकुश लगाउने काम नगरी देश र जनताप्रति जिम्मेवार बन्न आग्रह गर्दै यस्ताे बताएका हुन् ।

शेखरले लेखेका छन् “आन्दोलनमा ज्यान गुमाएका शहिदहरुलाई सम्झौं, देशको मुहार फेर्ने सपना बोकेर आन्दोलनमा होमिएका युवाहरुको सपनालाई सम्मान गरौं । लोकतन्त्रका उपलब्धि, जनमतको अपमान  र नागरिक स्वतन्त्रतामाथि अंकुश लगाउने काम नगरौं । देश र जनताप्रति जिम्मेवार बनौं । सबैमा शुभकामना ।’

प्रतिक्रिया