१२ बुँदे समझदारी हुँदा ओली रत्नपार्कमा बदाम खाएर घाम ताप्दै थिए : बाबुराम
नेपालखोज
२०७८ वैशाख ११ गते १३:१२

जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२ बुँदे समझदारी हुनुअघि रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै गरेकाे आराेप लगाएका छन् ।
उनले परिवर्तनकामीहरूलाई दुत्कार्ने ओली आन्दाेलनकाे समयमा बयलगाडे महावाणीहरू ओकल्दै बसेकाे पनि आराेप लगाएका छन् । उनले समाजिक सञ्जालमा एक ट्वीट गर्दै लेखेका छन् ‘ आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन् ! ’
‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र ७दलबीच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो ! बयलगाडे महावाणीहरू ओकलिंदै थिए ! शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए ! अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन् ! ’
हेराैं उनकाे ट्वीट

सम्बन्धित

प्रतिक्रिया