अक्सिजनको आपूर्तिमा बाधा पुर्याए फाँसी
नेपालखोज
२०७८ वैशाख ११ गते १५:५१

काठमाडाैं । अक्सिजनको आपूर्तिमा बाधा पुर्याउनेहरुलाई दिल्ली हाइकोर्टले फाँसीको आदेश दिएको छ ।
कोरोना महामारीका दौरान अक्सिजनको कमीका कारण बिरामी श्वासप्रश्वासमा देखिएको संकटलाई नियाल्दै अस्पतालले यथाशीघ्र चाडैं अक्सिजन उपलब्ध गराउन भन्दै दिल्ली हाइकोर्टमा निवेदन दिएको थियाे ।
साे मुद्दाकाे सुनुवाई गर्दै दिल्ली हाइकोर्टले अक्सिजनको आपूर्तिमा बाधा पुर्याएकाे खण्डमा फाँसीको सजाय ताेकेकाे हाे ।
हाईकोर्टले अक्सिजनको आपूर्तिमा अवरोध गर्नेको जानकारी दिन पनि दिल्ली सरकारलाई आदेश दिएको छ। त्यस्ता व्यक्ति केन्द्र, राज्य या स्थानीय प्रशासनका कुनै पनि अधिकारी भए पनि छुट नदिने, र त्यस्ता मान्छेलाई फाँसीकाे सजाय दिन आदेश गरेकाे हाे ।
सम्बन्धित
प्रतिक्रिया