टेकु अस्पतालकाे आइसीयुमा उपचाररत ३ काे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसीयुमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले उनीहरूको निधनपछि थप तनाव सिर्जना भएको बताए।
२० बेडको आईसीयुमा अहिले १८ जना संक्रमितको उपचार भइरहेको छ। आईसीयुमा रहेका विरामीको उपचारमा निकै समस्या भइरहेको उनले बताएका छन्। एकै पटक धेरै विरामीका लागि आईसीयु आवश्यक परेमा टेकु अस्पतालमा अब उपचार सम्भव नभएको उनले बताए।
अहिले टेकु अस्पतालका सबै बेड कोभिड–१९ का विरामीले भरिभराउ छन्। नयाँ विरामीलाई भर्ना गर्न सक्ने अवस्था नरहेको उनले बताए। डिस्चार्ज गर्दै नयाँ विरामीलाई भर्ना लिइरहेको बास्तोलाले बताए।
अस्पतालसँग एक महिनालाई पुग्ने स्रोत साधन स्टक रहेको उनले जानकारी दिए। अक्सिजन लगायतका अन्य स्रोत साधनले एक महिनासम्म धान्ने गरी स्टक गरिएको पनि बताए ।

प्रतिक्रिया