देउवाद्वारा लोकतन्त्र दिवसको शुभकामना

नेपालखोज २०७८ वैशाख ११ गते १८:१६


काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

उनले आज एक शुभकामना सन्देशमार्फत ऐतिहासिक आन्दोलनबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयनमा सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेलौ भन्दै दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

प्रतिक्रिया