सीसीएमसी बैठक : देशव्यापी लकडाउन नहुने, आवश्यक परे स्थानीय तहले लकडाउन गर्न सक्ने
नेपालखोज
२०७८ वैशाख ११ गते २१:३१

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले तत्काल देशव्यापी लकडाउन नगर्ने निर्णय गरेको छ ।
देशव्यापी लकडाउन नगरे पनि आवश्यक परे स्थानीय तहले नै लकडाउन र निषेधाज्ञा जारी गर्न सक्ने बैठकले निर्णय गरेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा एक महिना लकडाउन गर्न सिफारिस गरेको थियो ।
कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो । मन्त्रालयले तत्काल लकडाउन नगरे स्थिति अझ विग्रन सक्ने पनि बताएको छ ।
नेपालको वर्तमान स्वास्थ्य प्रणालीले कोरोना नियन्त्रण थेग्न नसक्ने भन्दै मन्त्रालयले तत्काललै कम्तिमा ४ साता लकडाउन गर्न सुझाब दिएको हो ।
सम्बन्धित

प्रतिक्रिया