नेपाल सहित २५ देशमा मलेरियाविरुद्ध विशेष अभियान

काठमाडाैं । नेपालसहित भूटान, दक्षिण अफ्रीका, बोत्सवाना, ईरान आदि २५ देशलाई मलेरिया ( औलाे ) मुक्त गर्न बिश्व स्वास्थ संगठन ( डब्लूएचओ )ले ई-२०२५ अभियान प्रारम्भ गरेकाे छ ।
जसकाे लक्ष्य आगामी ५ वर्षभित्र ती देशलाई मलेरिया मुक्त गर्नु हो । याे अभियान अन्तर्गत डब्लूएचओले ती देशलाई विशेष सहयाेग गर्नुका साथै प्राबिधिक मार्गदर्शन प्रदान गर्ने बताइएकाे छ । यसअघि सन् २०१७ मा शुरू गरिएकाे ई-२०२० अभियान अन्तरगत डब्ल्यूएचओले सन् २०२० सम्म २१ वटा देशलाई मलेरिया मुक्त गर्ने लक्ष्य लिएकाे थियाे ।
विश्व स्वास्थ्य संगठनद्वारा जारी रिपोर्ट अनुसार ती मध्ये ८वटा देश अल्जीरिया, बेलीज, काबो वर्डे, चीन, अल सल्वाडोर, ईरान, मलेशिया तथा पराग्वे मा मलेरिया का एउटै पनि केश देखिएन । त्यसका साथै कैयन देशमा समेत मलेरिया उन्मुलनकाे दिशामा राम्रो प्रगति भएकाे छ ।
यसक्रममा नेपाल सहित भूटान, कोस्टारिका आदि देशमा एक सयभन्दा कम बिरामी फेला परे । कंबोडिया, चीन, लाओस, म्यांनमार, थाईल्यान्ड तथा भियतनाममा सन् २०००देखि २०२० काे बिचमा मलेरिया काे समस्यामा ९७ प्रतिशत सम्म कमी आयाे । मलेरियाबाट हुने मृत्युमा ९९ प्रतिशतले कमी आयाे । यसक्रममा त्यहाँ हुने मृत्यु ६ हजारबाट घटेर १५ मा झर्यो ।
मलेरिया फैलिएकाे संसारका ८७ वटा देशमा सन् २०१९मा दस हजारभन्दा कम बिरामी देखा परेका थिए । सन् २०२० मा मलेरियाका बिरामी २६ देशमा सीमित भए भने २०२० काे अन्त्यमा २४ वटा देशले बितेका तीन वर्ष यता आफ्नो देशमा मलेरियाकाे एउटै बिरामी नदेखिएको सूचना विश्व स्वास्थ संघठनलाई दिए ।
तीमध्ये एघार वटा देशलाई डब्ल्यूएचओले मलेरियामुक्त देश घोषित गरिसकेकाे छ | रिपोर्ट अनुसार मलेरियाबाट मुक्ती पाउने देशहरुमा प्राथमिक स्वास्थ्य सम्बन्धी प्रणाली मजबूत छ । जसले बढीभन्दा बढी मानिसलाई मलेरिया रोकथाम, निदान तथा उपचार सेवाकाे सुनिश्चितता प्रदान गर्छ ।
त्यहाँ सबैका लागि राम्रो स्वास्थ्य सेवा मात्र उपलब्ध गराईएन त्यहाँको सुसंगठित सामाजिक ब्यवस्थाका साथ मजबूत डाटा सिस्टमलाई पनि याे सफलताकाे श्रेय जान्छ । मलेरियामाथि विजय प्राप्त गर्ने देशहरुमा दुर्गम र टाढा टाढाका क्षेत्रका बीमारी पत्ता लगाउने र उनीहरुकाे उपचार गर्ने स्वयंसेवी स्वास्थ्य कार्यकर्ताहरुकाे समर्पित नेटवर्क पनि छ ।
८७ देशमा चारलाखकाे मृत्यु मलेरिया उन्मूलनको दिशामा उल्लेखनीय प्रगति भए पनि, सन् २०१९ मा ८७ वटा देशमा २२ कराेड ९० लाख नयाँ बिरामी देखा परे भने ती मध्ये झन्डै ४ लाख ९० हजारकाे मृत्यु भयाे । ती मृत्युमध्ये दुईतिहाई त अफ्रीकि उप-सहारा क्षेत्रका मात्र थिए । त्यसमा पनि ५ वर्ष भन्दा कम उमेरका बालबालिकाकाे बाहुल्यता थियाे । तथ्यांक अनुसार २०१९मा अफ्रीकामा मात्र सारा संसारकाे ९४ प्रतिशत मलेरिया देखा पर्यो । मलेरियाका कुल बिमारि मध्ये तिन प्रतिशत दक्षिण-पूर्व एशिया, दुई प्रतिशत पूर्वी भूमध्यसागर तथा एक प्रतिशत भन्दा कम बिरामी पश्चिमी प्रशांत क्षेत्र एवं अमेरिकामा फेला परेका थिए ।
अहिले संसारका ३९ वटा देश मलेरियामुक्त घोषित भए पनि त्यहाँ फेरि याे राेग देखिँदैन भन्ने ज्ञारेन्टी छैन त्यसैले पनि मलेरियाविरुद्ध लगातार निगरानी जरुरी छ । माथिकाे तथ्यांकले के देखाउँछ भने अहिले पनि ससांरबाट मलेरिया उन्मुलन चुनाैतीकै बिषय हाे । अहिले संसारले जसरी कोरोना महामारीकाे सामना गरिरहेकाे छ त्यसले, मलेरियाविरुद्धको लडाइँमा नकारात्मक असर पारेकाे छ ।
आज सिंगै विश्वकाे ध्यान कोरोनाप्रति छ, जसले अन्य बीरामीहरुप्रतिको चेतना , सावधानी आदिमा कमी आएकाे छ । यसक्रममा के अनुमान गरिन्छ भने यदि काेराेना महामारीका कारण पर्याप्त ध्यान दिन सकिएन भने अफ्रिकामा २०१८ काे तुलनामा मलेरियाबाट मर्नेहरुकाे संख्या दाेब्बर हुन सक्छ । विभिन्न सञ्चारमाध्यमकाे सहयाेगमा
प्रतिक्रिया