उज्यालो नेटवर्कमा प्रहरीको छापा : पत्रकार तामाङ पक्राउ, प्रेस युनियनद्वारा ध्यानाकर्षण

काठमाडौं । उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि पत्रकार अनिश तामाङलाई पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘प्रेस युनियन काठमाडौं शाखा सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्र्सना गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।
‘प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीकै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा गरेका छन् । उच्च अदालतले समेत समाचार लेखेका आधारमा सञ्चारकर्मीमाथि धरपकड नगर्न दिएको आदेशको अवज्ञा हुनु अत्यन्त निन्दनीय विषय हो अध्यक्ष दुलालले विज्ञप्तिमा भनेका छन,’ ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न हामी जोडदार माग गर्दछौं । तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गरियोस् ।’
प्रेसलाई तर्साउने नियतले हुने जुनुकै प्रकारको आक्रमण प्रेस युनियनका लागि सह्य हुनेछैन । तत्काल गिरफ्तार पत्रकार रिहाई गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारको ध्यानाकर्षण गराउँदछ अध्यक्ष जगन्नाथ दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया