२० वर्षमा प्राकृतिक प्रकोपबाट मर्नेको संख्याभन्दा कोरोनाबाट मर्ने धेरै

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९) ले निकै कम समयमा ठूलाे संख्यामा मानिसहरुकाे प्राण लिइसकेकाे छ । कोरोना भाइरसका कारण केहि महीना भित्र भएकाे मृत्युकाे तथ्यांकले बितेका कैयन वर्ष यता प्राकृतिक प्रकोपमा परी मृत्यु वरण गर्नेहरुकाे तथ्यांकलाई उछिनेकाे छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार गएकाे साता नै कोभिड-१९ बाट मर्नेहरुको संख्या तीस लाख माथि पुगिसकेकाे थियाे । जुन एक वर्ष चार महिना भित्रकाे कुरा हाे । कोरोना महामारी संसारका दुई सय उन्नाईस देशमा विस्तारित भए पनि यसबाट मर्ने आधा जसाे मानिस सात वटा देशका छन् ।
गएकाे सप्ताहन्तमा निकालिएकाे कुल मृत्यु तीस लाख चाैध हजार दुई सय चालीस मध्ये ५७९९४२ अमेरिकामा,३६९०२४ ब्राजीलमा ,२११२२५ मेक्सिकोमा , १७५६७३ भारतमा , १२७२२५ यूकेमा, ११६३६६ इटालीमा तथा १००४०४ फ्रान्समा भएका थिए ।
डब्ल्यूएचओमा प्रतेक साता दर्ता हुने काेराेनाबाट मृत्यु हुनेहरुकाे विश्वब्यापी तथ्यांकमा जनवरी २०२१ मा ठूलाे वृद्धि पाइए पनि पछि त्यो संख्या घटदै गएकाे थियाे । यद्यपि मार्च काे दाेस्रो सातादेखि त्यसमा फेरि उछाल देखिएकाे छ ।
संयुक्त राष्ट्र बिपत्ति जोखिम न्यूनीकरण कार्यालय (यूनाइटेड नेशन अफिस फर डिजास्टर रिस्क रिडक्शन) (यूएनओडीआरआर) का अनुसार सन् २००० र २०१९काे बिच घटेका सबैभन्दा घातक प्राकृतिक प्रकोपमा परेर ०.९४ मिलियन मानिसकाे ज्यान गयाे । जसमा तीन सबैभन्दा ठुला प्राकृतिक प्रकोप २००४ को हिन्द महासागरको सुनामी,२००८ मा गएकाे म्यानमारकाे चक्रवाती तूफान नरगिस तथा २०१० मा हाईटिमा गएकाे भूकम्प आदि समावेस छन् ।
संसारका अन्य स्वास्थ्य बिपत्तिको तुलनामा कोभिड-१९ ले कुन गतिमा मानिसहरुकाे ज्यान लिइरहेकाे छ भन्ने कुरा हेर्न यसकाे मृत्युदरलाई अरु महामारीसँग तुलना गरे पुग्छ । एड्सले सन् २०१७ देखि २०१९ काे तीन वर्ष बिच संसारभर चाैबिस लाख मानिसकाे ज्यान लियो भने क्षयराेगले बितेका दुई बर्षमा २९ लाख मानिसलाई मृत्युको काखमा पुर्यायो ।
जबकी कोभिड-१९ ले एक वर्ष चार महिनामै तीस लाखभन्दा बढिकाे प्राण लिईसकेकाे छ । इंस्टीट्यूट फर हेल्थ मेट्रिक्स एंड इभ्याल्यूएशन (आईएसएमई)काे ताजा अनुमान अनुसार काेभिड अन्तर्राष्ट्रिय स्तरमै हृदय रोग र हृदयघातपछि मानिसकाे मृत्युको तेस्रो प्रमुख कारण बनिसकेकाे छ । यसले मधुमेह लगायत अन्य राेगकाे मृत्युलाई पछाडि छाेडिसकेकाे छ । काेभिड-१९ काे संक्रमण बढ़नु जति चिन्ताजनक छ यसबाट हुने मृत्युको संख्या बढ्नु त्यो भन्दा बढी चिंताजनक मानिएकाे छ । विभिन्न सञ्चार माध्यमहरुबाट
प्रतिक्रिया