उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा
नेपालखोज
२०७८ वैशाख १३ गते १३:५६

काठमाडौं । उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली स्राेतलाई अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने जानकारी दिए ।
आजै निषेधाज्ञाबारेको विस्तृत निर्णय सार्वजनिक गरिनेछ । खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया