बर्दियामा पनि एक साता निषेधाज्ञा
नेपालखोज
२०७८ वैशाख १३ गते २०:२८

बर्दिया । कोरोना संक्रमण समुदायस्तरमै देखिएको हुँदा संक्रमण फैलिन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै बर्दियामा सोमबार राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा आइतबार बसेको बैठकले बैशाख १३ गते राती १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
समुदायस्तरका केही व्यक्तीमा कोरोना संक्रमित भेटिएको र समुदायस्तरमा थप भेटिन सक्ने खतरा बढेको भन्दै सर्तकता अपनाउँदै नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रजिअ सुनारले बताए । निषेधाज्ञाको अवधीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया