देशभरिको तापक्रम बढ्यो, सम्भावित असरबाट बच्न आग्रह
नेपालखोज
२०७८ वैशाख १४ गते ८:३५

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । गर्मी बढ्ने र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित असरबाट बच्न मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहने भएको छ । हिजो न्यूनतम १४ र अधिकतम ३१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
त्यस्तै आज पहाडका थोरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेश–१, प्रदेश–२ लगायत पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ । बाँकी भूभागमा भने मौसम सफा रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । अहिले देशको पूर्वी क्षेत्रमा न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया