बुधबार, वैशाख १७, २०८२

सन्दर्भ ‘काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस’को

नेपालखोज २०७८ वैशाख १५ गते १२:५५

काठमाडाैं । मानिसले काम गर्दा मुख्य दुई पक्षलाई प्राथमिकता दिइएको हुन्छ । पहिलो व्यक्तिको भौतिक सुरक्षा, दोस्रो स्वास्थ्य सुरक्षा ।

सामान्यदेखि जोखिमयुक्त काममा व्यक्तिगत सुरक्षा र स्वास्थ्य सावधानीलाई महत्वको साथ हेरिनुपर्छ तर यसको वेवास्ता गर्ने क्रम बढिरहेको छ
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पहलमा हरेक वर्ष २८ अप्रिलमा काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाउने गरिन्छ ।

ठुला औद्योगिक राष्ट्रहरु सँगै विकासको दौडमा लागेका राष्ट्रहरुले कामदार, मजदूरको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन सकुन् भनेर यो दिवश मनाउने गरिन्छ । विकाशको दौडमा लागेका मुलुकका मजदूरहरुले काम गर्ने वातावरण अझै जोखिमयुक्त छन् भनेर श्रम सङ्गठनको प्रतिवेदनहरुले देखाएका छन् ।

कामदार, श्रमिकको सुरक्षा र स्वास्थ्यमा भएको लापरबाहीले हजारौ मरिरहेका छन् । हाम्रो देशमा पनि कामदारको रुपमा खाडी मुलुक गएका श्रमिकका शव बाकसमा फर्किरहेका छन् । एक अनौपचारिक सर्वेक्षणका अनुसार विश्वमा प्रतिदिन ६ हजार ३ सय श्रमिकको मृत्यू काममा हुने जोखिमले निम्त्याएको कारणले हुने गरेको छ । अहिले विश्व कोरोना महामारीसँग जुधिरहेको छ । यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रमा रहेका चिकित्सक, नर्स, स्वास्थ्य सहायक जोखिममा रहेका छन् । पर्याप्त सुरक्षा सामग्रीको अभावमा सबै जोखिममा रहेका छन् ।


सँगै सुरक्षा क्षेत्रमा खटिने कर्मचारीहरु पनि उत्तिकै जोखिममा रहेका छन् । यसले थपेको अर्को चुनौती सेवा क्षेत्रका कर्मचारी माथि हो । बैंक तथा वित्तिय संस्था, सार्वजनिक यातायात, दुरसञ्चार र होटल, पर्यटन क्षेत्रमा प्रत्यक्ष असर गरेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै कार्यस्थलमा खटिने कामदार श्रमिकको सुरक्षा र स्वास्थ्य सावधानी प्राथमिकतामा नपर्ने जोखिम पनि बढेको छ । 

प्रतिक्रिया