बिहीबार, वैशाख २०, २०८१

सानिमा बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ८५ करोड

नेपालखोज २०७८ वैशाख १५ गते १५:५२


काठमाडौं । सानिमा बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८५ करोड ६१ लाख ६९ हजार एक सय ८६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा बैैंकको यस्तो नाफा एक अर्ब ६१ करोड ८७ लाख ७२ हजार पाँच सय ९३ रुपैयाँ रहेको थियो ।


हाल चुक्ता पुंजी नौ अर्ब ६८ करोड १५ लाख १९ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २२ अर्ब ७९ करोड ७६ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १४ अर्ब छ करोड ४३ लाख ३६ हजार रुपैयााँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब २७ करोड २० लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैैंकमा शुन्य दसमलव २१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा चार दसमलव सात प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने एक अर्ब ४० करोड ९५ लाख २४ हजार दुुई सय ४६ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैैंकले एक खर्ब सात अर्ब २५ करोड दुुई लाख दुुई हजार रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ८५ करोड तीन लाख ५१ हजार तीन सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा तीन अर्ब २४ करोड २७ लाख ६२ हजार रुपैयााँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ३६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव आठ प्रतिसत रहेको थियो ।

प्रतिक्रिया