बिहीबार, वैशाख २०, २०८१

एनआईबीएल दोर्सो समृद्धि फण्ड ८७ प्रतिशत भन्दा बढी

नेपालखोज २०७८ वैशाख १५ गते १६:१२

काठमाडौं । एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड दोस्रोको दोस्रो दिनमा नै ८७ प्रतिशत भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ ।


क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब दुुई करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।


फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम एक सयदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
इकाई खरीदका लागि आवेदन दिने समय यही बैशाख १६ गतेसम्म रहेको क्यापिटलले जानकारी दिएको छ ।

प्रतिक्रिया