गोपाल पराजुलीको पुस्तक ‘संयोगको पानाहरु’ सार्वजनिक
नेपालखोज
२०७८ वैशाख १५ गते २१:०२

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिश गोपाल पराजुलीले आफ्नो अनुभव र जीवन भोगाइलाई समेटेर पुस्तक सार्वजनिक गरेका छन् ।
पूर्व प्रधानन्यायाधिस एवं मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बिमोचन गरेको पुस्तकमा पूर्व प्रधानन्यायाधिशले सर्वोच्च अदालतमा आफुले बिताएको समयको प्रसंगहरु समेटेका छन् ।
‘संयोगको पानाहरु’ नामको पुस्तकमा धेरै प्रसंग नेपालको अदालत, अदालत प्रशासन र न्याय सम्पादनमा आफुले भोगेका विषयलाई शब्दमा व्यक्त गरेका छन् ।
करिब २७ वर्ष न्यायपालिकामा बिताएका लेखक पराजुलीको प्रधानन्यायाधिश बनेपछिको बर्हिगमन भने सुखद रहेन । दोहोरो जन्ममितिको विवादले बाहिरिनु पर्यो । पुस्तकमा न्यायलयभित्रको बेथिति र बिसंगतिलाई स्पष्ट रुपमा व्याख्या गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया