स्थानीय वायुको प्रभाव : काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा

नेपालखोज २०७८ वैशाख १६ गते १४:५२

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बिहिबार काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा वर्षा भएको छ ।

आज सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए पनि पानी परेको छैन । पहाडी क्षेत्रमा दुई दिनसम्म पानी पर्न सक्ने महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने मौसम बदली र सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखााले जनाएको छ ।

प्रतिक्रिया