रुसले नेपाललाई डिसेम्बरभित्र ८० लाख डोज कोरोनाविरुद्धको खोप दिने
नेपालखोज
२०७८ वैशाख १६ गते १७:१८

काठमाडौं । रुसले नेपाललाई आगामी डिसेम्बरभित्र कोभिड-१९ विरुद्धको ८० लाख डोज स्पुतनिक-५ खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले तत्कालका लागि ४० लाख डोज मागिएको र डिसेम्बरभित्र ८० लाख डोज खोप आउने जानकारी दिए ।
खोपको मूल्यलगायतका विषयमा भने टुंगोमा पुग्न बाँकी रहेको उनले जनाए । बुधबार मन्त्री त्रिपाठी र मस्कोबाट काठमाडौं आइपुगेको स्वास्थ्य टोलीबीच खोप आपूर्तिको विषयमा छलफल भएको थियो ।
रुसबाट सरकार-सरकार (जीटुजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप स्पुतनिक-५ ल्याउने निर्णय गरेर सरकारले छलफल प्रक्रिया अघि बढाएको थियो । गत बैशाख ७ गते औषधी व्यवस्था विभागले रुसी खोपलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिइसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया