कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने साढे ७ सयभन्दा बढी सवारीसाधन कारबाहीमा

नेपालखोज २०७८ वैशाख १६ गते १८:००

कैलाली । कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने साढे ७ सय भन्दा बढी सवारी साधान कारबाहीमा परेका छन् ।

बिहीबार विहानदेखि जारी भएको निषेधाज्ञा उल्लंघन गर्ने ७ सय ५० सवारी साधनलाइ केही समय होल्ड गरेर छोडेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले बताए ।

उनका अनुसार ३८ वटा सवारी साधनबाट २३ हजार ५ सय राजस्व संकलन भएको छ ।

प्रतिक्रिया