भारतका पत्रकार रोहित सरदानाको काेराेनाले निधन

नेपालखोज २०७८ वैशाख १७ गते १६:१५

काठमाडाैं । भारतका लोकप्रिय टिभी पत्रकार तथा एङ्कर रोहित सरदानाको काेराेनाका कारण निधन भएको छ ।

४० वर्षीय सरदानाको शुक्रबार उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमै उपचाररत सरदानाको हृदयघातका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी चर्चित टेलिभिनज आजतकमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया