अफगानिस्तानमा कार बम विस्फोट, ३० जनाको मृत्यु
नेपालखोज
२०७८ वैशाख १८ गते १७:०६

काठमाडौं । अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । शुक्रबार राति स्थानीय समय ७ बजेतिर भएको यस विस्फोटमा परि अरु ७० जना घाइते भएका छन् ।
अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोट भएको जनाइएकोे छ । घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।
घटनाबाट ज्यान गुमाउने तथा घाइते हुनेहरुमा स्वास्थ्यकर्मीहरु समेत रहेका छन् । विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।
चालकले भीडमा पु¥याएर कारसहित विस्फोट गराएका र अहिलेसम्म घटनाको कसैले जिम्मा नलिएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया