आईपीएल क्रिकेट : आज चेन्नई र मुम्बई भिड्दै

नेपालखोज २०७८ वैशाख १८ गते १८:३२

दिल्ली । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । दिल्लीमा हुने खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नई र मुम्बईबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । आज चेन्नई छैटौं जित निकाल्ने योजनासहित मैदान उत्रने छ । चेन्नई ६ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मुम्बईलाई हराएर चेन्नई शीर्ष स्थान यथावत राख्न चाहन्छ ।

यता, साविक विजेता मुम्बई भने चौंथो जित निकाल्ने योजनामा हुनेछ । मुम्बई ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दुई टिमबीचको पछिल्लो पाँच खेलमा मुम्बई बलियो देखिएको छ । मुम्बईले ४ खेल जित्दा चेन्नईले १ खेल मात्र जितेको छ ।

प्रतिक्रिया