राष्ट्र बैंकले दियाे २० प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० देखि २५ प्रतिसत कर्मचारी राखेर बैंकिङ सुवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले आज आईतबार सञ्चालनमा रहेको बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी सहितका सम्पूर्ण बैंक तथा बित्तीय संस्थाहरुको नाउँमा सूचना जारी गर्दे उक्त निर्देशन दिएको हो ।
विश्व्यापीरुपमा पछिल्ला केहीदिन यता कोभिड १९ को संक्रमण दोस्रो लहरकोरुपमा फैलिंदै गएको र सोहीरुपमा नेपालका बिभिन्न स्थानहरुमा समेत संक्रमण जोखिम दिनदिनै बढ्दै गएको, नयाँ भेरियन्टको संक्रमण दर उच्च रहेको र बैंक तथा बित्तीय संस्थाहरुका कर्मचारी तथा सेवाग्राही समेतका तीव्ररुपमा संक्रमण फैलिईरहेको परिप्रेक्षमा उच्च सर्तकताका साथ बैंक तथा बित्तीय संस्थाको सेवाको सुनिश्चितता गर्नुपर्ने भन्दै उक्त निर्देशिका कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल सरकार तथा बिश्व स्वास्थ संगठनको स्वास्थ सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्र्पकमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्युनीकरण गर्न आवस्यक सम्पुर्ण उपायहरु अवलम्वन गर्नुपर्ने छ । बैंक तथा बित्तीय संस्थाले आफ्नो व्यवसायीक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असंम्भव हुुने कामको लागि मात्र न्यून कर्मचारीहरुको उपस्थितीबाट कार्यसम्पादन हुुने व्यवस्था मिलाउनुु पर्ने छ । कोभिड १९ को संक्रमण जोखिम न्युनीकरणको लागि निशेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रिय कार्यालहरुको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा संम्भव भएसम्म २५ प्रतिशत भन्दा कम कर्मचारीहरुको उपस्थितीमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
कर्मचारीहरुको अनावस्यक उपस्थिती रोक्नको लागि सुचना प्रवधिको उच्चतम प्रयोग गरी वर्क फर्म हो तथा रिमोट एक्सीसबाट कार्यसम्पादन गर्न जोड दिनुपर्ने, नजिकै रहेको शाखाहरुको हकमा भने न्युुन शाखाहरु सञ्चालनमा ल्याई बैंकल्पीक शाखा कार्यालयहरुबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुु पर्ने छ । यस किसिमको व्यवस्थापनको लागि बन्द हुुने शाखा कार्यालयको मुल ढोका, संस्थाको वेभसाईट तथा सामाजिक सञ्जाल समेतमा सेवा सम्वन्धी सोधपुछका लागि सम्र्पक व्यक्तिको सम्र्पक नम्वर, सेवा प्राप्त गर्न सकिने बैकल्पीक शाखा र शाखा खुल्ला रहने समय सम्वन्धी सुचनाहरु दैनिकरुपमा प्रकाशन गर्नुपर्ने छ ।
संक्रमण जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टुु फेस बैंकिङ सेवा भन्दपनि बिद्युुतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिनुुपर्ने छ । बिभिन्न निकायहरुबाट जारी भएका र हुुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसंगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा दिनु पर्ने छ । महामारीको हालको अवस्थामा सुचना प्रविधिको अत्याधिक प्रयोग गरी बैंक तथा बित्तीय संस्थाहरुको अधिकांस कार्य बिद्युुतीय माध्यमबाट सम्पादन गर्नुुपर्ने भएकाले यसबाट उत्पन्न हुुन सक्ने जोखिम तथा यसको दुरुपयोगप्रति समेत चनाखो रहेर आवस्यक जोखिम व्यवस्थापन गर्नपनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
प्रतिक्रिया