विवेकशिल साझा पार्टी छोडेर नेपाली कांग्रेसमा

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेका कार्यक्रममा विभिन्न दल परित्याग गरि करिव एक दर्जन वढि कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विवेशशिल साझा पार्टीका कार्यकर्तादेखि शिक्षासंग सम्वन्धित व्यक्तिहरु प्रवेश गरेका हुन् ।
प्याप्सन मोरङका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याप्सन मोरङका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार राजनकुमार छराहांङ, एन प्याप्सनका कोषाध्यक्ष इन्द्र नारायण साहलगायतलाई नेता कोइरालाले पार्टीमा स्वागत गरेका हुन् ।
यसैगरी मनकामना सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल ओमकार आचार्य, ग्लोबल अग्रेजी स्कुलका रामचन्द्र पण्डित, स्वस्तिक वचत तथा सहकारी सस्थाका प्रमुख श्रवण कुमार माझी, विवेकशिल साझा पार्टीका राजेश कर्णसहितका व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।
नेपाली कांग्रेस, विराटनगरका सभापति तथा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उनीहरु सबैलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया