दुई खेलाडीमा कोरोना सङ्क्रमण भएपछि आईपीएल स्थगित

नेपालखोज २०७८ वैशाख २० गते १४:३४

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट स्थगित भएको छ । सोमवार अर्थात आज राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच खेल  हुने तय भएकाे थियाे ।

तर कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको जनाइएकाे छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी गराएकाे छ ।

प्रतिक्रिया