पूर्वमन्त्री भण्डारी ग्राण्डी अस्पतालमा भर्ना
नेपालखोज
२०७८ वैशाख २१ गते १०:२५

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन्। कोभिड सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएको थियो।
उनलाई साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो। भण्डारीले तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएपछि बैशाख १८ गते स्वाव परीक्षण गरेका थिए।
सम्बन्धित

प्रतिक्रिया