कोरोना संक्रमणदर बढेसँगै रोकियो आईपीएल
नेपालखोज
२०७८ वैशाख २१ गते १३:५५

काठमाडौं । भारतमा कोरोना संक्रमणको दर बढेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेलहरु अनिश्चितकालका लागि रोकिएका छन् ।
खेलाडीहरुमा पनि कोरोना संक्रमण फैलिएसँगै आईपीएलको २०२१ का सबै खेल रद्द गरिएका हुन् । खेल तालिका सबै रोकिएको आईपीएलका अध्यक्ष ब्रिजेस पटेललाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईसँग पटेलले भनेका छन्, ‘आईपीएलका सबै सदस्यहरुको कोरोना संक्रमणको सुरक्षालाई लिएर यस्तो फैसला गरिएको हो ।’

सम्बन्धित
प्रतिक्रिया