बुधबार, वैशाख १२, २०८१

ब्रेकअपपछि पनि मित्रता !

नेपालखोज २०७८ पुष २४ गते ११:४८

बलिउडको संसार विचित्रको छ । बलिउडमा सम्बन्ध बन्नु, विवाह नगरी सँगै बस्नु, विवाह गर्नु, झगडा हुनु, पारपाचुके लिनु, दोस्रो विवाह गर्नु आदि सामान्य कुरा भइसकेका छन् । यसक्रममा कतिपयको सम्बन्ध तिक्ततापुर्ण स्थितिमा पुगेर टुङ्गिएको छ भने कतिपय यस मामिलामा उदाहरणीय रूपमा प्रस्तुत भएका छन् । उदाहरणीय कुन अर्थमा भने उनीहरू सहमतमै अलग भएका छन् र ब्रेकअप वा डिभोर्स पछि पनि उनीहरूको मित्रता कायमै छ ।

दीपिका पादुकोण तथा रणवीर कपुर : रणवीर कपुर र दीपिका पादुकोण एकताका सिरियस रिलेसनसिपमा थिए । यद्यपि उनीहरू सधैँका लागि एक हुन सकेनन् । अलग भएपछि पनि उनीहरूले एक साथ चलचित्रमा काम गरे । भनिन्छ आज पनि कपुर र पादुकोण राम्रो मित्रता छ ।

अनुस्का शर्मा तथा रणवीर सिंह : चलचित्र क्षेत्रमा प्रवेश गरेपछि रणवीर सिंह र अनुष्का शर्माको सम्बन्धको चर्चा पनि निकै चल्यो । यद्यपि उनीहरू लामो समय सँगै रहेनन् । बाटो अलग भए पनि उनीहरूले जोया अख्तरको चलचित्र ‘दिल धड्कने दो’ मा सँगै काम गरे । अहिले पनि उनीहरू एक अर्कासँग शत्रुतापूर्ण व्यवहार गर्दैनन् बरु आफूहरूलाई मित्रवत रूपमा प्रस्तुत गर्छन् ।

ऋतिक रोशन तथा सुजेन खान : ऋतिक रोशन र सुजेन खानले सबैलाई आश्चर्यमा पार्दै २०१४ मा आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन अन्त्य गरेका थिए । यद्यपि पारपाचुके पछि पनि उनीहरूबीच बोलचाल र भेटघाट भइरहन्छ । उनीहरूका दुई सन्तान छन् र तिनलाई लिएरसँगै छुट्टी मनाउनु, एक- अर्काको जन्मदिनको शुभकामना गर्नु उनीहरूका लागि सामान्य हो । ऋतिक र सुजेन अहिले पनि परेका बेला एक-अर्काको साथमा देखिन्छन् ।

कटरिना क्याफ तथा सलमान खान : सलमान र कटरिना ५ वर्ष लाम‍ो सम्बन्ध पछि किन अलग भए भन्ने कुरा धेरैलाई थाहा छैन । यो कुरा बलिउड मिडियामा आएको पनि छैन । कटरिना त्यसपछि रणबिर कपुरसँगको सम्बन्धमा रहिन् भने सलमानको नाम पनि अरू युवतीहरूसँग जोडियो । अहिले कटरिनाले विक्कीसँग विवाहित जीवन प्रारम्भ गरेकि छिन् भने सलमान यताउता भट्कि नै रहेका छन् । यद्यपि सँगै रहेर साथ छुटे पनि सलमान र कटरिनाले सँगै काम गर्न छोडेका छैनन् न त उनीहरूको मित्रता नै टुटेको पाइन्छ । कहाँसम्म भने सलमानको परिवारसँग कटरिनाको घरेलु सम्बन्ध पनि उस्तै मात्र छैन अझ मजबुत हुँदै गएको पाइन्छ ।

शिल्पा सेट्टी तथा अक्षय कुमार : शिल्पा र अक्षय बीचको केमेस्ट्री ‘मैं खिलाडी तू अनाडी’ मा देखिएको थियो । एकसाथ काम गर्ने सिलसिलामा उनीहरूको व्यक्तिगत सम्बन्ध पनि उचाइमा पुग्यो । लामो समयको साथ पछि उनीहरू अलग त भए नै ब्रेकअपको सुरुसुरुमा शिल्पाले अक्षय विरूद्ध निकै तितोसमेत ओकलिन । यद्यपि पछि गएर शिल्पाले शत्रुतापूर्ण व्यवहार छोडेर अक्षय सँग व्यावसायिक र मित्रतापूर्ण सम्बन्ध विकास गरिन् ।

मलाइका अरोडा तथा अरबाज खान : यो जोडीले २०१६ मा आफ्नो १८ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेक‍ो थियो । त्यति बेला सम्म उनीहरूका छोरा पनि जवान हुन थालिसकेका थिए । अहिले मलाईका र अरवाज दुई अलग-अलग विपरित लिङ्गी मित्रको साथमा रमाइरहेका छन् । यद्यपि मलाइका र अरवाज बीचको व्यक्तसगत मित्रता भने कायमै रहेको बताइन्छ ।

करिना कपुर तथा शाहिद कपुर : पाँच वर्ष लामो सम्बन्ध अन्त्य भएपछि करिना र शाहिद दुबै चुपचाप रहे । ७ वर्ष लामो मौनता र सम्पर्क विहिनताको स्थिति तोड्दै उनीहरूले ‘उडता पंजाब’ मा सँगै काम त गरे तर एउटै दृश्यमा भने देखा परेनन् । भनिन्छ यो चलचित्रका लागि करिनाको नाम सुझाउने काम शाहिदले नै गरेका थिए ।

प्रतिक्रिया