अन्तर्राष्ट्रिय हवाई उडान बन्द, उद्धार तथा चार्टर्ड उडान नरोकिने
नेपालखोज
२०७८ वैशाख २४ गते ८:२६

काठमाडौं । नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाइ उडान बन्द भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गएराति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेअनुसार उडान अवतरण रोकिएको हो ।
बैशाख १९ गते बसेको मन्त्रीपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्रष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो । आन्तरिक उडान भने बैशाख २० गते राति देखि नै रोकिएका छन् ।
तर नेपाल र भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुइतर्फी उडानहरु हप्ताको दुईवटामा सीमित गर्ने निर्णय सरकारले गरेको छ । यसरी नेपाल आउने व्यक्तिहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
त्यसैगरी अत्यावश्यक पर्दा उद्धार तथा चार्टर उडान पनि हुने भएको छ ।
सम्बन्धित

प्रतिक्रिया