शुक्रबार, वैशाख ७, २०८१

मिस युनिभर्सका लागि अंशिकाको नेसनल कस्ट्युम सार्वजनिक

नेपालखोज २०७८ वैशाख २५ गते १२:३९


काठमाडाैं । अन्तर्राष्ट्रिय सौँन्दर्य प्रतियोगिताहरुमा नेसनल कस्ट्युम राउन्डले महत्वपूर्ण स्थान राख्ने गरेको पाइन्छ । जस अन्तर्गत प्रतिस्पर्धी सुन्दरीहरुले आफ्नो देश, राष्ट्रियता, कला, साँस्कृतिक, धार्मिक, प्राकृतिक परिवेश संगै आफ्नो देशको जीवनशैली प्रतिनिधित्व गर्ने पहिरनहरुलाई प्रस्तुत गर्ने गरेका छन् ।

जसले समग्र देशको पृथकता, मौलिकता र राष्ट्रिय गौरवलाई विश्व मंचमा सुन्दर ढगबाट प्रस्तुत गर्दछ । यही सन्दर्भमा नेपाललाई मिस युनिभर्स २०२० मा प्रतिनिधित्व गरिरहेकी मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माको नेसनल कस्ट्युम सार्वजनिक गरिएको छ ।

कान्तिपुर टि.भि.मा एउटा कार्यक्रम मार्फत् नै विशेष रुपमा प्रिमियर गरिएको अंशिकाको नेसनल कस्ट्युम हिमाल आरोहीहरुमा समर्पित देखिन्छ ।अंशिकाको अवधारणलाई फेसन डिजाइनर बिना घलेले मूर्त रुप दिएकी हुन् ।

ओडे टू माउन्टेनियर्स शीर्षक अन्तर्गत सो पहिरन नेपाल आविष्कार केन्द«का महावीर पुन, रितेश देव, कृष्ण देव र टिमले प्रप्समा सहयोग गरेका हुन् भने राजेश शाक्यले गरगहना तयार गरेका हुन् । यसैगरी यो नेसनल कस्ट्युममा चित्रकलाको कार्य गौतम श्रेष्ठ र अविजित प्रजापतिले सम्पन्न गरेका छन् ।

पहिरनको महत्वपूर्ण पाटो रहेको माउन्टेनेरिङ सुट भने तेन्जिङ शेर्पाको एभरेष्ट आउटफिटले तयार पारेको हो । समग्र नेसनल कस्ट्युमले हिमाल आरोहण नेपालको गौरव भएको दर्शाउँदै हिमाल आरोहीको सफलतालाई प्रतिनिधित्व गरेको छ ।

जसलाई सो पहिरनको अभिन्न पक्षका रुपमा क्यानभासमा तयार पारिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको ह्यान्ड पेन्टेड थ्रीडि डिजाइनलाई आकर्षक रुपले समेटिएको छ ।

प्रतिक्रिया