मंगलबार, वैशाख ११, २०८१

यस्तो छ राजेश हमालको सौख ! (तस्बिरसहित)

नेपालखोज २०७८ वैशाख २८ गते १४:२९

काठमाडौं । पढेलेखेका, समझदार अनि भद्र कलाकारको छवि बनाएका महानायक राजेश हमाल कम बोल्ने आत्मकेन्द्रित मानिस पनि मानिन्छन् । यिनै बौद्धिक व्यक्तित्वभित्र अर्को व्यक्तित्व पनि छ । आक्रामक (एंग्री योङ म्यान) को व्यक्तित्व जुन उनको पर्दा यानि अभिनयमा सीमित छ ।

राजेशको विगत र वर्तमान केलाउने हो भने उनको एउटा सौख प्रस्ट रुपमा अगाडि आउँछ- जिउ खोल्ने सौख । यही सौखले हमाललाई एउटा ठूलै विवादमा नतानेको पनि होइन । जसको स्पष्टीकरण दिन उनलाई हम्मे-हम्मे परेको थियो तत्कालीन नेपाली परिवेशमा । सम्भवत: आजको समय भएको भए त्यो लफडा नै खडा हुँदैनथ्यो । खैर, यो पुरानो कुराभन्दा पनि राजेशको अहिलेसम्म पनि कायमै रहेको बडी सो गर्ने सौख पनि गज्जबकै मान्नुपर्छ ।

हुन पनि हो महानायक राजेशको ज्यान देखाउन लायक पनि छ, नियमित व्यायाम र सन्तुलित अनि अनुशाशित खानपिनबाट बनेको सुगठित ज्यान । यस्तो आकर्षक शरीर हुने हलिउडदेखि बलिउडसम्मका कलाकारले त्यसको प्रदर्शन गरी आएकै छन् भने हाम्रा महानायक मात्र कसरी अछुतो रहन सक्थ्ये ? वास्तवमा भन्ने हो भने त बलिउडमा खान बन्धु (सलमान, शाहरुख, आमिर) सिक्स प्याक बडीको चक्करमा निर्वस्त्र हुनुअघि नै हमालले यो चक्कर चलाइसकेका थिए ।

रमाइलो कुराचाहिँ के भने हमालको यो सौख बेलाबेलामा अहिले पनि जागृत हुन्छ (शरीर सुगठित बनाउने मात्र होइन कि माथिका कपडा खोलेर आफ्नो सुगठित शरीर प्रदर्शनसमेत गर्ने सौख उनको छ ।
हेरौं उनका थप तस्बिर :

प्रतिक्रिया