बिहीबार, जेठ ३, २०८१

संखुवासभामा गायिका समीक्षा अधिकारी माथि ढुङ्गा प्रहार

नेपालखोज २०७९ कार्तिक २० गते ६:४९

संखुवासभा । गायिका समीक्षा अधिकारी माथि ढुङ्गा प्रहार भएको छ । संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गतिक कार्यक्रममा अधिकारीमाथि ढुङ्गा प्रहार भएको हो ।

उनले सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनी माथि ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा कसले प्रहार गर्यो भन्ने कुरा खुल्न सकेको छैन । ढुङ्गा प्रहार भएपनि अधिकारी सुरक्षित रहेको आयोजकले जनाएको छ ।

ढुङ्गा प्रहार गरिए पश्चात समीक्षाले स्टेज बाटै भनिन् यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्रो/नराम्रो भन्ने त जसको पनि भैहाल्छन् भन्ने आशय व्यक्त गरेकी थिइन ।

अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए । प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ ।

सङ्खुवासभा प्रहरीका एक अधिकारीले भने, ‘कार्यक्रममा सामान्य तनाव भएको थियो । दर्शक दीर्घाबाट हो हल्ला भयो । तर प्रहरी खटिएकाले त्यस्तो कुनै घटना हुन पाएन ।’ एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी भएकी थिइन् । आयोजकले मेलाका अवसरमा साङ्गीतिक साँझको आयोजना गरेको थियो । सोही कार्यक्रममा प्रस्तुति दिन उनी त्यहाँ पुगेकी थिइन् ।

उनीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको भन्ने खबरहरू आएपनि प्रहरीले भने त्यस्तो नभएको बताएको छ ।गायिका समीक्षा अधिकारी र पल शाह बिच अनैतिक सम्बन्ध रहेको खबरहरू मिडिया आएपछि गायिका अधिकारी प्रति उनका दर्शक श्रोताहरूले नकारात्मक टिप्पणीहरू गर्दै आएका छन् । तर उक्त टिप्पणी प्रति गायिका अधिकारीले सामाजिक सञ्जाल मार्फत खेद प्रकट गरेकी थिइन ।

प्रतिक्रिया